ad ad

समाज


उपत्यकामा १६३ सहित २४ घण्टामा थपिए ३३९ कोरोना संक्रमित

उपत्यकामा १६३ सहित २४ घण्टामा थपिए ३३९ कोरोना संक्रमित

नेपालखबर
चैत २९, २०७७ आइतबार १२:१,

पछिल्लो २४ घण्टामा नेपालमा ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

चार हजार एक सय जनाको पीसीआर परीक्षण गर्दा २९८ र एक हजार ४० जनाको एन्टिजेन परीक्ष्ण गदौ ४१ जना गरी ३३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज काठमाडौं उपत्यकामा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ। पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन्।

आइतबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमित सक्रिय संमितको संख्या दुई हजार दुई सय एक जना रहेका छन्।

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४० पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .