दक्षिण कोरियाको सामसङबाट भोडाफोनले अब फाइभ–जीको पूर्वाधारण खरिद गर्नेछ।
चीनको हुवावे र बेलायतबीच फाइभ–जी प्रविधिमा साझेदारी गर्ने सहमति भइसकेको थियो। तर अमेरिकी दबाबपछि बेलायतले हुवावेसँगको सम्झौता रद्द गरिदिएको हो।
अमेरिकाले चिनियाँ प्रविधि कम्पनीहरु सबै चीन सरकारको जासुसीको माध्यम भएको बताउने गरेको छ।
बेलायतले पनि हुवावेलाई प्रतिबन्ध लगाएपछि अब विश्व बजारमा नोकिया र इरिक्सनका उत्पादनहरु बढी विक्री हुने अनुमान गरिएको छ।
सामसङको फाइभ–जी पूर्वाधारहरु दक्षिण–पश्चिमी इंगल्यान्ड र वेल्सका २५ सय ग्रामिण क्षेत्रमा जडान हुनेछन्। बीबीसी
प्रतिक्रिया