ad ad

प्रविधि


‘पब्जी’लाई टक्कर दिन अब ‘कल अफ ड्युटी’ मोबाइलमा

‘पब्जी’लाई टक्कर दिन अब ‘कल अफ ड्युटी’ मोबाइलमा

नेपालखबर
असोज १४, २०७६ मंगलबार ११:१९,

‘कल अफ ड्युटी’ विश्वमा सबैभन्दा चर्चितमध्ये एक भिडियो गेम हो।

अब यो गेम मोबाइलमा डाउनलोड गर्न सकिन्छ। कल अफ ड्युटी मोबाइलमा लन्च गर्ने भनेर कम्पनीले गत मार्च महिनामै घोषणा गरेको थियो।

यस गेम आइफोन र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि खुला भएको छ।

यस गेमले अहिले विश्वमा चर्चित अनलाईन मोबाइल भिडियो गेम पब्जीलाई टक्कर दिने अनुमान गरिएको छ।

कल अफ ड्युटी कम्प्युटरको दुनियाँमा सर्वाधिक रुचाइएको गेम हो।

५.१ एन्ड्रोइडका फोनले यस गेम डाउनलोड गर्नसक्नेछन्। यस्तै आइओएस ९ भन्दामाथिका प्रयोगकर्ताले यस गेम डाउनलोड गर्नसक्नेछन्।

यस गेम चल्नका लागि फोनमा कम्तिमा २ जीबी र्याम हुनुपर्नेछ। पब्जीको जस्तै यस गेमको ग्राफिक्स पनि राम्रो भएको जनाइएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .