ad ad

समाज


सर्पको डसाइबाट महिलाको मृत्यु

सर्पको डसाइबाट महिलाको मृत्यु

नेपालखबर
असार २३, २०७८ बुधबार १५:५,

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
    
सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले टोकेको थियो।

सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। शव परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .