बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
बाढीले सडकको ह्युमपाइप बगाएपछि आज बिहानदेखि अवरुद्ध भएको हो। ड्राइभर्सन निर्माण गरेर यातायात सञ्चालनको तयारी भइरहेको गिरीले बताए।
शुरुमा साना सवारी साधन सञ्चालन हुनेगरी डाइभर्सन निर्माणको काम भइरहको छ। सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको छ। जसका कारण अत्यावश्यक कामले हिँडेका यात्रीहरुले सास्ती पाएका छन्।
33
Shares
प्रतिक्रिया