ad ad

समाज


क्यारेबियन सागरमा बेपत्ता नेपालीलाई धरौटीमा छुटेका जिसीले पठाएको खुलासा

क्यारेबियन सागरमा बेपत्ता नेपालीलाई धरौटीमा छुटेका जिसीले पठाएको खुलासा

उद्दारपछि उपचाररत डुंगा दुर्घटनाका घाइते


उजिर कार्की
असार ३१, २०७८ बिहिबार २०:२,

कोलम्बियास्थित क्यारेबियन सागरमा डुंगा दुर्घटनामा बेपत्ता भएका नेपालीलाई अवैध रुपमा त्यहाँ पु¥याउने एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। असार ७ गते भएको डुंगा दुर्घटनापछि ७ जना नेपाली बेपत्ता छन्।

उनीहरुलाई त्यहाँ पठाउने कार्यमा संलग्न रहेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले दाङकी गोमा जिसीलाई पक्राउ गरेको छ। जिसीलाई दाङबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याउँदै गरेको ब्युरोका प्रमुख एसएसपी दुर्गा सिंहले बताइन्। 

गोमाका श्रीमान् टोपबहादुर जिसी यसको मुख्य अभियुक्त रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

गोमासँग पनि उनीहरुले आर्थिक कारोबार गरेको देखिएको छ। अन्य संलग्नताबारे म्याद थपपछि अनुसन्धान गर्ने एसएसपी सिंहले नेपालखबरलाई बताइन्। गोमाको खातामा रकम जम्मा गरिदिएको आफन्तले बताएपछि प्रहरीले गोमालाई पक्राउ गरेको हो। 

दुर्घटना भएको खबर बाहिरिएपछि प्रहरीले उनीहरुलाई अमेरिका पठाउने एजेन्टको खोजी सुरु गरेको थियो।

बेपत्ता हुनेहरुमा दाङका एन्जल बुढा मगर, दाङ पश्चिम हापुरेका रेशम डिंगा मगर, दाङ तुलसीपुरकै हेमराज अधिकारी, पर्वत कुस्माका दिनेश गौतम र राजु गुरुङ छन्। अरुको अझै पहिचान हुन सकेको छैन। म्याग्दीका प्रकाश विकको भने उद्धार भएको छ। 

उनीहरु भिजिट भिसामा दुबई हुँदै विभिन्न देशबाट त्यहाँ पुगेको पाइएको छ। दुबईमा बसेर टोपबहादुरले सेटिङ मिलाउने र यहाँ गोमाले रकम बुझ्ने गरेको पाइएको ब्युरोले जनाएको छ।

टोपबहादुर भने हाल युक्रेनमा बसेर मानव बेचबिखनको कार्यमा संलग्न रहेको पाइएको छ। प्रहरीले उनलाई पक्राउ गर्नका लागि इन्टरपोलमार्फत प्रक्रिया अगाडि बढाएको छ। 

टोपबहादुर यसअघि पनि मानव बेचविखनमा संलग्न भई धरौटीमा छुटेका थिए। उनले दाङकै नरेन्द्र बस्नेतलाई अवैध रुपमा अमेरिका पठाएर अलपत्र बनाएका थिए।

मेक्सिकोबाट अमेरिका छिर्न लाग्दा नरेन्द्र पक्राउ परेका थिए। पछि नरेन्द्रले नेपाल फर्किएपछि उनीसहित ३ जनाविरुद्ध उजुरी दिएका थिए।

यो पनि:

जसलाई भनिएको थियो– डोनाल्ड ट्रम्पले पर्खाल लगाउनु पहिले नै अमेरिका छिरिसक्नुपर्छ ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .