ad ad

समाज


प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने नेपाल बारको निष्कर्ष

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने नेपाल बारको निष्कर्ष

उजिर कार्की
कात्तिक ८, २०७८ सोमबार १६:३६, काठमाडौँ

नेपाल बार एसोसियस पनि सर्वोच्च अदालतका १४ न्यायाधीशहरु जस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने पक्षमा उभिएको छ। 

बारको सोमबार दिउँसो भएको छलफलपछि अब प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत सम्हाल्न नसक्ने निषकर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन्। 

अध्यक्ष श्रेष्ठले आइतवार भएको सहमति अनुसार प्रधानन्यायाधीशले 'फुल कोर्ट' नै राख्न नसकेको भन्दै अब निकास दिनुको विकल्प नरहेको बताए। 

'हिजोको छलफलमा हामीले उहाँसँग जे सहमति गरेका थियौँ, त्यसलाई उहाँले कार्यान्वयन गर्न सक्नु भएन', श्रेष्ठले भने, 'आज 'फुल कोर्ट' बोलाउने भन्नु भएको थियो। तर उहाँले आफ्नै सहकर्मी न्यायाधीशहरुलाई पनि विश्वासमा लिन सक्नु भएन।'

उनले 'फुल कोर्ट' बस्ने भनिएको दिन आज सर्वोच्च अदालत प्रशासनले आफूहरुलाई कुनै खबर नगरेको पनि बताए। 'प्रधानन्यायाधीश आफैंले अदालतमा विश्वासमा लिन सक्नु भएको रहेनछ', उनले भने, 'आज हामीलाई सर्वोच्चले कुनै सोधीखोजी नै गरे। अब सर्वोच्चलाई यहाँभन्दा बन्धक बनाइराख्न मिल्दैन प्रधानन्यायाधीशले निकास दिनुपर्छ।'

बारले यसबारेमा थप छलफलका लागि नेपाल बारका सदस्य, उपत्यकामा रहेका पदाधिकारी, सल्लाहलकार र पूर्वपदाधिकारीबीच मंगलबार बृहत् छलफल गर्ने भएको छ। 

यसैबीच सर्वोच्चको गतिरोधलाई लिएर सर्वोच्च बारले सल्लाहकारसँगको बैठक गरेको छ। सल्लाहकारसँगको बैठकपछि अहिले सर्वोच्च बार कार्य समिति बैठक बसिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .