मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ।
रोजगारीका सिलसिलमा दुई वर्षअगाडि मेलसिया गएका सप्तरीको तिरुहुत गाउँपालिका-३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मृत्यु भएको हो।
मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएका बेला अचानक बेहोस भएर उनको मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए।
अचानक बेहोस भएर मृत्यु भएको भनिए पनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवको पारिवारिक स्रोतले जनाएको छ ।
यादवका परिवारले शव नेपाल ल्याइदिन नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेको छ। रासस
प्रतिक्रिया