चितवनको भरतपुर महानगरपालिका-५ स्थित पञ्चरत्न चोकमा स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।
भरतपुरबाट मंगलपुरतर्फ जाँदै गरेको ना३६प ९३२४ नंको स्कुटरले ती व्यक्तिलाई ठक्कर दिएको थियो। स्कुटरको ठक्करबाट घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको सनाखत हुन सकेको छैन।
उनलाई ठक्कर दिने स्कुटरका चालक पनि घाइते भएका छन्।
स्कुटर चालक गैंडाकोट नगरपालिका-१० भेडावारी का २३ वर्षीय जनक कँडेल घाइते भएका हुन्। अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रासस
प्रतिक्रिया