हिमपातमा परेर म्याग्दी र मनाङमा एक एक जना बेपत्ता भएका छन्।
म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र मनाङमा गरी दुई जना बेपत्ता भएका हुन्।
धवलागिरी गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार बेपत्ता भएका अन्दाजी ५० वर्षका रामबहादुर छन्त्याल हुन्।
अहिले गुर्जामा ३ फिट बाक्लो हिउँ परेको छ। आज उनीहरुको उद्धारको लागि सेनाको हेलिकोप्टर गए पनि उद्धार हुन सकेन।
गाउँमा हिउँ जमेपछि जगमाया छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका छन्। उनीहरु भेँडीगोठमा रहेको र उनीहरुको लागि आवश्यक खाद्यान्न झारेर फर्केको उनले जनाए।
यता, मनाङमा हिमपातमा परेर नासों ४ वडारका आजुङ लाटा भन्ने आजुङ गुरुङ वेपत्ता भएका छन्।
उनी पनि भेंडीगोठमा भएको र हिमपातमा परेर बेपत्ता भएका मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।
24
Shares
प्रतिक्रिया