ad ad

समाज


देशैभरिको मौसम बदली, ४ प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना

कस्तो होला शनिबार र आइतबारको मौसम?
देशैभरिको मौसम बदली, ४ प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०८१ शुक्रबार ६:४२, काठमाडौँ

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको  छ। 

यतिबेला कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। ती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   

आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। 

कोसी, बागमती र कर्णाली प्रदेशका केही स्थान, गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।  

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  

कस्तो होला शनिबार र आइतबारको मौसम? 
२०८१ असोज ५ गते शनिबार
दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमामेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

२०८१ असोज ६ गते आइतबार

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कर्णाली प्रदेशका थोरै स्थान तथा  पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखिमध्यम वर्षाको सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

कोसी, बागमती र कर्णाली प्रदेशका केही स्थान, गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .