भारत सरकारले भगवान रामको जन्मभूमि अयोध्यादेखि जानकीको जन्मस्थल जनकपुरधाम जोड्ने चारलेन सडक निर्माण गर्ने भएको छ।
रामजन्मभूमि भारत उत्तर प्रदेशको अयोध्यादेखि नेपालको जनकपुरधामस्थित सीताको जन्मभूमि जनकपुरधामसम्म चारलेन रामजानकी मार्ग सडक निर्माण गर्ने भारत सरकारले जनाएको छ।
भारतको केन्द्र सरकारका सडक परिवहन एवं राजमार्गमन्त्री नितिन गडकरीले बिहार सरकारका पथ निर्माण विभागमन्त्री नितिन नवीनलाई पत्र लेखेर यसको जानकारी गराएका हुन्।
पीएम प्याकेज बिहार–२०१५ अन्तर्गत यस मार्गको २०० किलोमिटर उक्त भागलाई चार लेनको सडक बनाउने काम एनएचआईले गरिरहेको छ। जसको लागि बिहार सरकारले केन्द्र सरकारसँग स्वीकृति मागेको थियो। जसको स्वीकृतिसहितको पत्र केन्द्र सरकारले विहार सरकारलाई जानकारी गराएको हो।
बिहार राज्यको राम जानकी मार्गको ४ लेनको मापदण्ड अनुसार विकास गरिने छ। राम जानकी मार्ग उत्तर प्रदेशमा भगवान रामको जन्मस्थल अयोध्याबाट शुरु भएर जनकपुरमा अन्त्य हुन्छ। माता सीताको जन्मस्थल बसन्ती बहालगंज बिहार राज्यको महराउना घाट, सिवन चाकिया, सीतागढी, भिठामोर हुँदै जनकपुरमा अन्त्य हुने पत्रमा उल्लेख छ।
पत्रमा अघि लेखिएको छ, ‘रामजानकी मार्गको धार्मिक महत्व र तपाईंको अनुरोधलाई स्वीकार गर्दै यस राजमार्गको बिहार राज्यको सम्पूर्ण भाग ४ लेनको बनाउने निर्णय भएको छ भन्ने कुरा खुशीका साथ जानकारी गराउन चाहन्छु।’
रामजानकी मार्ग उत्तर प्रदेशको सिमानामा रहेको मेहरौनाबाट सुरु भएर सीतामढी जिल्लाको नेपाल भारत सीमाको भिठामोडसम्म यसको लम्बाइ लगभग २४० किलोमिटर रहेको छ।
Shares
प्रतिक्रिया