ad ad

समाज


१० हजार भारुमा कृष्णमायाले बेचिन् आफ्नै जेठाजुकी छोरी

१० हजार भारुमा कृष्णमायाले बेचिन् आफ्नै जेठाजुकी छोरी

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार १२:६,

पैसाका लागि मान्छे कतिसम्म तल गिर्न सक्छ भन्ने पछिल्लो उदाहरण बनेकी छन्, नुवाकोट घर भई हाल ललितपुर बस्दै आएकी कान्छी तामाङ भनिने कृष्णमाया लामा।

जम्मा १० हजार भारुका लागि आफ्नै (जेठाजुकी) छोरी १५ वर्षीया किशोरीलाई भारतको कोठीमा पुर्‍याउने यिनको कालो कर्तुत प्रहरीले बुधबार पक्राउ गरेपछि सार्वजनिक भएको हो।

नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं। ६ स्थायी बसोबास भई हाल ललितपुर, चापागाउँ बस्ने ५० वर्षीय कृष्णमायालाई बुधबार प्रहरीले काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको देउवा चोकबाट बुधबार प्रहरीको पक्राउ गरेको छ। उनका ४२ वर्षीय श्रीमान् शेरबहादुर लामा भने फरार रहेका छन्।

दुबै जना पतिपत्नीले काठमाडौँको एक होटलमा काम गर्ने आफ्नै दाजु (श्रीमान् शेरबहादुरका दाजु) की छोरीलाई गाउँमा पढ्न लैजाने भन्दै भारतको नयाँदिल्ली, मधुन भन्ने ठाउँमा पु¥याएर नेपालीहरुले नै चलाएको कोठीमा १० हजार भारुमा बेचेको प्रहरीले जनाएको छ। ती किशोरीलाई बेहोस हुन औषधि सेवन गराई भारत पु¥याइएको प्रहरीले जनाएको छ।

उनीहरुले २०६६ माघमा ती किशोरीलाई भारतको नयाँदिल्लीस्थित कोठीमा बेचेको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका एसपी अनुपम शमशेर जबराले बताए। ‘किशोरीका काकाकाकी पर्ने उनीहरुले कठमाडौँमा होटलमा काम गरेर बसेकी ती किशोरीलाई गाउँमै लगेर पढाउने भनेर भारत पु¥याएको अनुसन्धानमा खुल्न आएको छ’, नेपालखबरसँग कुरा गर्दै एसपी जबराले भने, ‘ती किशोरीलाई उनीहरुले १० हजार भारुमा बेचेको र त्यहाँ जबर्जस्ती यौन धन्दामा लगाएको देखिन्छ।’

नेपालकै लक्ष्मी र हेमा भन्ने दुई महिलाले सञ्चालन गरेको भिन्दाभिन्दै कोठीमा राखेर ती किशोरीलाई यौन धन्दामा लगाएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ। ती युवतीलाई कोठी सञ्चालकहरूले करिब एक महिना कोठैमा बन्धक बनाई यौनबद्र्धक औषधि खुवाउने र सुई लगाउने गरेको प्रहरीले जनाएको छ। उनलाई भारतको नयाँदिल्लीस्थित कोठी नम्बर ५११ मा दुई वर्ष, कोठी नम्बर ६४ मा दुई वर्ष र कोठी नं। ४० मा १५ दिन राखेर यौन धन्दामा लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ। एसपी जबराले ती किशोरीले एक व्यक्तिबाट पाउने ३०० भारु पनि सञ्चालकहरुले नै खोसेर लिने गरेको बताए। पछि ती किशोरीले एक नेपाली ग्राहकलाई आफ्नो पीडा सुनाएर उनैको सहयोगमा त्यहाँबाट बाहिर आउन सफल भएको बयान प्रहरीमा दिएकी छन्।

बाहिर आएपछि केही समय आफूलाई बाहिर निकाल्ने युवासँगै बसेकी उनी पछि नेपाल आएको र फेरि भारत जाने क्रममा माइती नेपालले नेपालगञ्जको नेपाल–भारत नाकाबाट उद्धार गरेको एसपी जबराले बताए।

माइती नेपालकै सहयोगमा काठमाडौँ आएकी उनले यही कात्तिक २० गते मानव बेचबिखन अनुसन्धान ब्युरोमा लिखित जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो। जाहेरी दिएको एक हप्ता नबित्दै प्रहरी कृष्णमायालाई पक्राउ गर्न सफल भएको हो।

उनले पक्राउ परेकी कृष्णमाया र फरार रहेका उनका पतिको यो धन्दामा रहेको संलग्नताबारे अनुसन्धान गरिरहेको जानकारी दिए। ‘उनीहरुको यी किशोरीबाहेक अन्यको बेचबिखनमा संलग्नताका बारेमा प्रहरीले अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘अहिले उनीहरु सामान्य घरयासीबाहेक अन्य काममा संलग्नता रहेको देखिएको छैन।’

उनले घटनाको समय लामो भएको हुँदा अनुसन्धानमा समय लाग्ने बताए। ‘घटनाका बारेमा अनुन्धान गरिरहेका छौँ’, उनले भने, ‘फरार अभियुक्तको पनि खोजी भइरहेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .