अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले ५ लाख घुससहित रौतहटको देवाहीगोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेललाई पक्राउ गरेकाे छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (टंगाल) बाट खटेको टोलीले आइतबार साँझ ५ लाख रुपैयाँ घुससहित नगरपालिका कार्यालयबाट मेयर पटेलसहित चार जनालाई नियन्त्रणमा लिएको हो।
उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ मागिरहेको गोप्य उजुरीका आधारमा अख्तियारले पछ्याएको थियो।
सोही क्रममा आइतबार साँझ मेयर पटेल, उनका सहयोगी अशोकप्रसाद पटेल, योजना शाखाका प्रमुख (खरिदार) मुकेश पटेल र सहलेखापाल प्रदीपकुमार यादवलाई सेवाग्राहीबाट घुसबापत लिएको २ लाख ५० हजार रुपैयाँ र २ लाख ५० हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।
Shares
प्रतिक्रिया