ad ad

समाज


तीन ट्रक खसीसहित ६ जना पक्राउ

तीन ट्रक खसीसहित ६ जना पक्राउ

नेपालखबर
मंसिर १, २०७६ आइतबार १४:२२,

सशस्त्र प्रहरीले रुपन्देहीको देवदह नगरपालिका–९ स्थित घोडाहा ईलाकाबाट करिव २३ लाख ७३ हजार रुपैयाँ बराबरको चौपायासहित ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ९ बस्ने ४३ वर्षिय प्रेम पण्डित, काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका ७ भिमढुङ्गा बस्ने ३३ वर्षिय उमेश खत्री, दाङ जिल्लाको गढवा गाँउपालिका ५ बस्ने २५ वर्षिय अभिषेक यादव, बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ बस्ने ३४ वर्षिय ईश्वर पाण्डे, सोही गाँउपालिका १५ बस्ने १९ वर्षिय दिलिप सुनाखर र १८ वर्षिय राजु सुनाखर छन्।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो। ना ७ ख ३४०, ना ६ ख ६६४८ र ना ५ ख ६६४१ नम्वरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ लैजादै गरेको उल्लेखित मुल्य बराबरको ६ सय ७८ बटा खसीसहित उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरु सो ट्रकका चालक तथा सहचालक हुन्।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद खसी तथा उक्त ट्रकसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ। उक्त खसी तथा ट्रकको भन्सार मुल्य एक करोड १३ लाख ७३ हजार रुपैयाँ रहेको छ।

यता, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित तीनकुनेबाट मंसीर १ गते एपीएफ टोलीले करिव पाँच लाख ५६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४८१७ नम्वरको यात्रुवाहक बसबाट उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। एपीएफ टोलीले बरामद लत्ताकपडा सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाएको छ।

यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करिब दुई लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट बरामद गरेको हो। बरामद सामान बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .