भिजिट भिसा दुरुपयोग भइरहे पनि गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले प्रभावकारी सूचना दिन नसकेको गृह मन्त्रालयकै एक अध्ययन समितिले औँल्याएको छ। गृह मन्त्रालयका सह–सचिवको संयोजकत्वमा गठित कार्यदलले गुप्तचरले प्रभावकारी सूचना दिन नसकेको निष्कर्ष निकालेको हो।
बुधबार कार्यदलका सदस्य गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोख्रेलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएका थिए। उक्त प्रतिवेदनमा भनिएको छ, ‘भिजिट भिसामा सेटिङ मार्फत मिलेमतो गरी अनियमितता भइरहेको भन्ने समाचार बाहिर आइरहेकै छन्। तर यसमा संलग्नहरु पत्ता लगाई विवरण बाहिर ल्याउन राष्ट्रिय अनुसन्धानले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको पाइँदैन।’
यससम्बन्धी नेटवर्क वा संलग्न व्यक्ति, संस्थाहरुको विषयमा सूचना संकलन, विश्लेषणपछि अध्यागमन विभागलाई उपलब्ध गराउनु पर्ने प्रतिवेदनमा उल्लेख छ।
कार्यलदले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुका पनि कमजोरी औँल्याएको छ। गन्तव्य मुलुकमा बसेर गैरकानुनी रुपमा नेपालीहरु लैजाने र अलपत्र पार्न सक्रिय बिचौलिया समूहहरुको पहिचान गर्न कूटनीतिक संयन्त्र तथा डायस्पोरा परिचालन गरी कानुनी कारबाहीमा ल्याउन सहयोग गर्नु पर्ने बताएको छ।
यस्तै नेपाल प्रहरीले पनि गैरकानुनी रुपमा भिजिट भिसामा विदेशमा कामदार पठाउन सक्रिय समूह, बिचौलिया, संलग्न संस्थाहरुको विषयमा सूचना संकलन गरी कानुनी कारबाही गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ।
यस्ता समूहका विमानस्थलमा रहेका निकायहरुका पदाधिकारी र कर्मचारीहरुबीचको संयन्त्र सम्बन्धमा अनुसन्धान गरी प्रोफाइलिङ गर्न समितिले भनेको छ।
‘शंकास्पद व्यक्ति, स्थान तथा गतिविधिको नियमित निगरानी गर्ने र अध्यागमन प्रशासनको सहयोगमा आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने। बिचौलियाहरुको कार्यालय तथा स्थान र अन्य विवरण प्रहरीले राख्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ।
वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, एयरलाइन्स कम्पनी, वैदेशिक रोजगार व्यवसायी, ट्राभल्स एन्ड टुर्स कम्पनी, विमानस्थल कार्यालय, अर्थ मन्त्रालयले पनि आफ्नो भूमिकामा सुधार गर्नु पर्ने समितिको सुझाव छ।
यस्ता छन् समितिका सुझाव तथा सिफारिसः
Shares
प्रतिक्रिया