कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउँदा धनुषामा एउटै विद्यालयका १० जना विद्यार्थी सिकिस्त भएका छन्।
धनुषाधाम नगरपालिका-७ स्थित मेरीगोल्ड सेकेण्डरी बोर्डिङ्ग स्कुलका १० जना विद्यार्थी सोमबार बिहान सिकिस्त बिरामी भएका हुन्।
विद्यालयका शिक्षक इन्द्रदीप साहका अनुसार विद्यार्थीहरुलाई आइतबार दिउँसो कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको थियो।
बिहान १० बजे विद्यालयमा खोप लगाएकामध्ये १४ जना विद्यार्थी एकाएक बेहोस भए। जसमध्ये १० जना बढी सिकिस्त छन्।
१० जना विद्यार्थीमा अत्यधिक टाउको दुख्ने, रिँगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर बेहोस हुने लक्षण रहेको शिक्षक साहले बताए।
सिकिस्त विद्यार्थीहरु सबै ६ कक्षामाथिका छन्। विद्यालयका झण्डै तीन सय विद्यार्थीलाई मोडर्ना खोप दिइएको थियो।
धनुषाधाम नगरपालिका वडा नं. ८ का हेल्थ पोस्टका स्वास्थ्यकर्मी विद्यालय पुगेर विद्यार्थीहरुलाई खोप लगाएका थिए।
Shares
प्रतिक्रिया