धनुषाको बटेश्वरमा दूध बोक्ने ट्यांकरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा हुनेमा धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुर बस्ने मंगल महतोको छोरा १५ वर्षीय छोरा विवेक कुमार महतो छन्।
बिहीबार राति बटेश्वर गाउँपालिका २ कार्तिककुमर बजारमा दुग्ध संस्थान ढल्केबरको गाडीले उनी सवार ज ५ प १३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
दुर्घटनापछि चालक फरार भएका छन्। शव उठाउन प्रहरीले मुचुल्का गरिरहेका छन्।
मृतक विवेक चित्रपुरको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए।
दुर्घटनािछि आक्रोशित स्थानीयको भीडले ठक्कर दिने ट्यांकरमा तोडफोड गरेका छन्।
48
Shares
प्रतिक्रिया