सप्तरीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार मध्यराति भएकाे दुर्घटनामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ का ३० वर्षीय पप्पु यादव, वर्ष २६ का सन्दीप यादव र वर्ष २८ का बुच्चु भन्ने रञ्जित यादवकाे मृत्यु भएकाे हाे।
हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा पश्चिम आउँदै गरेको प्र.१–०२४१ प. २२९६ नम्बरको मोटरसाइकल र साेही दिशा आउँदै गरेको प्र. १–०२०४१ प. ९५२४ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा दुई मोटरसाइकलमा सवार तीनै जना युवक गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लग्दा चिकित्सकले मृत घोषणा गरेका हुन्।
शव पोस्टमार्टमको लागि सोही अस्पतालमा राखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
Shares
प्रतिक्रिया