सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
पूर्व - पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ कोशी ब्यारेज र कंकालिनी मन्दिरबीच पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख १८९८ नम्बरको यात्रुबाहक बस सडकबाट पल्टेर दुर्घटना भएको हो।
पैने ११ बजेको समयमा भएको बस दुर्घटनामा परिचय नखुलेको अन्दाजी ५५ वर्षीय महिलाको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
उनका अनुसार विराटनगरबाट कटारीको लागि छुटेको सो बस अनियन्त्रित भएर रोडबाट उतरतिर २० फिट तल खसेको थियो।
घाइते मध्ये ६ जनाको भारदह अस्पताल र बाँकी चार जनाको स्थानीय मेडिकलमा उपचारका लागि पठाएको डिएसपी काफ्लेले बताए।
बस चालक तत्काल फरार रहेकाले उनको खोजी जारी रहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया