ad ad

समाज


खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

नेपालखबर
साउन १५, २०७९ आइतबार ८:३९, काठमाडौँ

आइतबार बिहान पूर्वी नेपालसहित संघीय राजधानी काठमाडौंसम्म धक्का महसुस हुनेगरी भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको हो।

खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।

२०७२ पछि अहिले दोस्रोपटक ठूलो भूकम्प गएको हो। यसअघि २०७७ भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलकै भूकम्प गएको थियो। 

२०७२ सालमा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मात्रामा धनजन क्षति भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .