ad ad

समाज


युवासंघले उठाउन थाल्यो काठमाडौँमा थुप्रिएको फोहोर

युवासंघले उठाउन थाल्यो काठमाडौँमा थुप्रिएको फोहोर

नेपालखबर
साउन ३०, २०७९ सोमबार १६:४६, काठमाडौँ

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालेको छ।

करिब ७५ दिनदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिएर महामारीको चिन्ता बढिरहका बेला प्रतिपक्षी दलको भ्रातृसंगठन सक्रिय भएको हो। 

संघले बिजुली बजार क्षेत्रस्थित सडकको फोहोर सोमबार उठाएको हो। नयाँ बानेश्वर, मध्यबानेश्वर र पुरानो बानेश्वर क्षेत्रको फोहोर पेप्सिकोलास्थित फोहोर प्रसोधनस्थलमा लगिने युवा संघले जनाएको छ। 

फोहर संकलन अभियान निरन्तर चलाइने बताइएको छ। फोहोर विसर्जनमा पहिले पिन विवाद भएको अवस्थामा यसपटक उपत्यका अस्तव्यस्त छ।

सत्तारुढ तीन दलले बञ्चरे डाँडामा फोहोर लैजान नदिने घोषणा गरेको भोलिपल्ट प्रतिपक्षी दलको संगठन फोहोर संकलनमा जुटेको हो। युवा संघले यो फोहोर मनोहरा मल्टिप्रपोज कम्पनीको गाडीमा प्रशोधनस्थलसम्म लगिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .