ad ad

समाज


लोकसेवामा एक हजार बढी शाखा अधिकृतको विज्ञापन आह्वान

लोकसेवामा एक हजार बढी शाखा अधिकृतको विज्ञापन आह्वान

नेपालखबर
मंसिर २५, २०७६ बुधबार २:३५,

लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ।

राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ गरी १ हजार ९६ शाखा अधिकृतका लागि आयोगले विज्ञापन आह्वान गरेको हो।

सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरिएको छ। त्यसैगरी लेखातर्फ ३०, राजस्व सेवातर्फ ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको आयोगले जनाएको छ।

सामान्य प्रशासनतर्फ १६८ बढुवाका लागि तथा बाँकी २१६ खुला, ५८ महिला, ४८ आदिवासी जनजाति, १५ दलित, ३९ मधेसी, ९ अपांग र पिछडिएको क्षेत्रका लागि सात छुट्याइएको छ ।

यस्तै राजस्वतर्फ २० बढुवाका लागि र बाँकीमध्ये २७ खुला, ८ महिला, ५ आदिवासी जनजाति, ५ मधेसी, २ दलित १ अपांग र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

लेखातर्फ ९ बढुवाका लागि तथा १२ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित १ र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ।

लेखा परीक्षणतर्फ १३ बढुवाका लागि र १६ खुला, ४ महिला, ४ आदिवासी जनजाति, ३ मधेसी, १ दलित र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ। त्यसैगरी परराष्ट्रमा १ बढुवाका लागि तथा २ खुला र १ महिलाका लागि विज्ञापन खुलाइएको छ।

न्यायतर्फ ८५ बढुवाका लागि तथा १०९ खुला, २९ महिला, २४ आदिवासी जनजाति, २४ मधेसी, १० दलित ५ अपांग र ४ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ।

कानुनतर्फ १५ बढुवाका लागि तथा १९ खुला, ५ महिला, ४ आदिवासी जनजाति, ४ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ।

सरकारी वकिलतर्फ ८ बढुवाका लागि तथा ८ खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी र १ पिछडिएका क्षेत्रका लागि छुट्याइएको छ।

व्यवस्थापिका संसद्तर्फ ६ बढुवा तथा १० खुला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .