सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा फर्कने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ।
अहिले अदालत परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
चोलेन्द्रले आफू सर्वोच्च फर्कने भन्दै तयारी अघि बढाउन कामु रजिष्ट्रारलाई शनिबार नै सूचना दिइसकेका थिए।
सोही अनुसार आज सर्वोच्च जाने तयारीमा राणा रहेका छन्। तर, सर्वोच्च बार र नेपाल बार एसोसियसनले भने निलम्बित प्रधानन्यायाधीशको आगमनलाई रोक लगाउने बताएको छ।
भिडिओ
प्रतिक्रिया