ad ad

समाज


प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

कहाँको तापक्रम कति?
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०७९ आइतबार ७:५७, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (आइतबार बिहान) पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

देशभर तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। 

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.५ छ। अन्य स्थानका तापक्रमको अध्यावधिक विवरण आउन बाँकी छ। 

हिजो शनिबारको मापनअनुसार देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम यसप्रकार छ :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .