ad ad

समाज


चीनले नेपाल प्रहरीलाई दियो २३ भारतीय मोटरसाइकल

चीनले नेपाल प्रहरीलाई दियो २३ भारतीय मोटरसाइकल

नेपालखबर
पुस १, २०७६ मंगलबार ११:२४,

नेपालस्थित जनवादी गणतान्त्रिक चीनको राजदूतावासले नेपाल प्रहरीलाई सहयोगस्वरुप २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।

चिनियाँ दूतावासका प्रथम सचिव वाङ स्यायो लङले ५६ लाख ३२ हजार ७ सय रूपैयाँ बराबरको टीभीएस अपाचे मोटरसाइकल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्रीलाई मंगलबार हस्तान्तरण गरेका हुन्।

सो अवसरमा वाङले महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सीसीटीभ कक्षको अवलोकन भ्रमण समेत गरे।

motorcycle.jpg

कार्यक्रममा डीआईजी थापा क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गरेका छन्। उनले सहयोगका लागि चिनियाँ राजदूतावासलाई धन्यवाद पनि ज्ञापन गरेका छन्।

ती २३ वटा मोटरसाइकललाईआवश्यकताअनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .