नेपाली सेनाका १८३ जना शान्ति सैनिक सिरिया प्रस्थान गरेका छन्।
प्रमुख सेनानी रोशन थापाको नेतृत्वमा काठमाडौंबाट नेपाल एयरलाइन्सको एयरबस ए–३३० मा मिसनतर्फ प्रस्थान गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
यूएन मिसनमा खटिएका सैनिक अदलीबदली गर्न लागिएको हो। यसअघि त्यहाँ कार्यरत प्रमुख सेनानी मदन थापाको नेतृत्वमा १७८ जना सेना मंगलबार स्वदेश फर्किने तयारी छ।
सिरियामा तैनाथ फोर्स हेडक्वार्टर सपोर्ट युनिट १०औं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौं डफ्फा, इन्जिनियर छैटौं डफ्फा, लेबल १ अस्पताल तेस्रो डफ्फा र क्लोज प्रोटेक्ट युनिट दोस्रो डफ्फालाई बदली गर्न लागिएको हो।
21
Shares
प्रतिक्रिया