बागमती नदी किनारका सुकुमवासीहरूले विरोध प्रदर्शन गरेका छन्। थापाथलीस्थित वागमी किनारमा बस्दै आएका सुकुमवासीले मंगलबार खबरदारी र्याली आयोजना गरेका हुन्।
सोमबार थापाथली नजिकैका सुकुम्बासीहरुको अवैध संरचना भत्काउन महानगरपालिकाको डोजर पुगेपछि सुकुमवासी आक्रोशित भएका थिए। मंगलबार बिहानदैखि सुकुमवासी बस्ती आक्रोशित छ।
संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाली महिला एकीकृत समाजले संयुक्त रुपमा प्रदर्शन गरिरहेका छन्। उनीहरुले विभिन्न प्लेकार्डसहितका नारा बोकेर काठमाडौं महानगर र मेयर बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका छन्।
सोमबार दिनभरको तनावपछि साँझ काठमाडौं महानगरका मेयर बालेन्द्र शाह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए।
मंगलबार बिहानदेखि थापाथली आसपासका सुकुम्बासीहरू पुनः प्रदर्शनमा उत्रिएका छन्।
तस्बिरहरूः
69
Shares
प्रतिक्रिया