ad ad

समाज


पुष्पासँग इन्गेजमेन्ट तोड्ने सुधनलाई आत्महत्या दुरुत्साहनको मुद्दा

पुष्पासँग इन्गेजमेन्ट तोड्ने सुधनलाई आत्महत्या दुरुत्साहनको मुद्दा

नेपालखबर
मंसिर २६, २०७९ सोमबार २२:६, काठमाडौँ

काठमाडौंको धुम्बाराहीमा आत्मादाह गरेकी पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट तोड्ने सुधन संग्रौलाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा अगाडी बढाएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने गरी अनुसन्धान गरिरहेको जानकारी दिए। 

मुलुकी अपराध संहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। सुधनलाई यही सजाय माग गर्ने गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। 

मंसिर १९ गते साँझ सुधनको घर नजिकै पुगेर पुष्पाले आफैंलाई पेट्रोल छर्किएर आगो लगाएकी थिइन्। उनको भोलिपल्ट कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको थियो। 

घटना भएकै दिन सुधनसहित उनका दाजु र बुबाआमालाई पनि प्रहरीले पक्राउ गरेको थियो। तर अदालतले सुधनलाई मात्रै आत्माहत्या दुरुत्साहनमा मुद्दा चलाउन अनुमति दिएको थियो। 

सुधन र पुष्पाले गत भदौ १८ गते इन्गेजमेन्ट (टिकाटालो) गरेका थिए। तर इन्गेजमेन्टपछि उनीहरुको सम्बन्ध बिग्रिएको थियो। यो कुरा दुवैको परिवारसम्म पुग्यो। विवाह नहुँदै सम्बन्धमा दरार आएपछि दुवैका परिवारकै सल्लाहमा इन्गेजमेन्ट तोड्ने सहमती भएको थियो। 

सहमतीमै घटनाको अघिल्लो दिन इन्गेजमेन्ट तोडिएको थियो। दुई बिचको खटपटकै कारण विवाहको मिति पनि तय हुन सकेको थिएन। तर त्यसको भोलिपल्ट बेलुकी पुष्पा सुधनको घरको गेट नजिक जलिरहेको अवस्थामा फेला परेकी हुन्। 

पुष्पाका परिवारले भने आफ्नी छोरी जलिरहँदा पनि सुधन र उनका परिवारले बचाउने कुनै प्रयास नगरेको आरोप लगाएका छन्। घटना लगतै पुगेको प्रहरीले पुष्पालाई उद्धार गरेर त्रिवि शिक्षण अस्पताल लगेको थियो। त्यहाँ उपचार नहुने भएपछि कीर्तिपुर वर्न अस्पतालमा लगिएको थियो। त्यसको भोलिपल्ट बिहान पुष्पाको मृत्यु भयो। 

पक्राउ परेका सुधनले भने आफूले सम्बन्ध तोडिसकेकाले पुष्पाको मृत्युका पछाडि आफ्नो कुनै संलग्नता नरहेको प्रहरीलाई बताउने गरेका छन्। प्रहरीले उनीहरुका मोबाइल लगायतका उपकरण पनि परीक्षण गरिरहेको छ।

इन्गेजमेन्टपछि भयो बिहे रद्द, युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदाह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .