काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको प्रतिलिपी सिफारिस अब उपरान्त अनलाइनमार्फत प्रदान गरिने भएको छ।
सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्र हराएमा, सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारीक वेभसाइट मार्फत परिचयपत्रको प्रतिलिपी सहित अनलाइन फर्म भर्नुपर्ने हुन्छ।
अनलाइन फर्म भरेको ७२ घण्टा पश्चात अनलाइन मार्फतनै हराएको सिफारिस उपलब्ध गराइने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उदेश्यले यो सुविधा लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।
69
Shares
प्रतिक्रिया