ad ad

फोटोफिचर


रोकिएन महिला आन्दोलन, निर्मला र नन्कुनीलाई न्याय माग्दै धर्ना (तस्बिरहरु)


सरोज बैजु
पुस १७, २०७९ आइतबार १८:४५, काठमाडौँ

बाँके निवासी निर्मला कुर्मी र नन्कुनी धोबीलाई न्याय माग्दै अधिकारकर्मी रुबी खानसहित महिलाहरुको समूह फेरि काठमाडौं आएको छ।

रुबीसहितको महिलाहरुको टोलीले शुक्रबारदेखि फेरि काठमाडौंको माइतीघर मण्डलमा धर्ना थालेको हो।

खानको नेतृत्वमा चारबुँदे माग लिएर महिलाहरुले पुसको चिसोको प्रवाह नगरी धर्ना थालेका हुन्। 

उनीहरुले निर्मला हत्याबारे न्यायिक आयोग गठन, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमाको औँठा छापको जाँच हुनुपर्ने, मुद्दा अदालत लानुपर्ने र आन्दोलनकारीको सुरक्षा हुनुपर्ने माग गरेका छन्। 

अधिकारकर्मी खानले यसअघि पटक पटक आन्दोलन गर्दा पनि सुनुवाइ नभएपछि फेरि सरकारको ध्यान तान्न काठमाडौं आउनुपरेको बताएकी छन्। 

सरकारले प्रतिवद्धता जनाएर पनि सहमति कार्यान्वयन नगरेको उनको गुनासो थियो।

यसअघि दुई पटक वार्ता हुँदा पनि यो प्रकरणको मुद्दा अदालतमा नलगेकोमा उनले सरकारप्रति रोष प्रकट गरिन्। उनले प्रहरी अधिकारी नै अपराधी जोगाउन लागेको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .