अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक व्यक्तिलाई पहिचान गर्नेलाई ५० हजार रुपैयाँ इनाम दिने घोषणा गरेको छ।
त्रिभुवन विश्वविद्यालयमा भएको भ्रष्टाचारसम्बन्धी अनुसन्धानका लागि ती व्यक्तिको खोजी गर्दै अख्तियारले इनामसहितको सूचना निकालेको हो।
त्रिविले लिने परीक्षाका उत्तरपुस्तिका परीक्षण गरेको नक्कली कागजपत्र बनाएर उनले त्रिविको खातामा रहेको २६ लाखभन्दा बढी रकम काठमाडौंका बैंकबाट झिकेको भन्दै अख्तियारमा मुद्दा परेको थियो।
गत पुस ६ गते अख्तियारले वेबसाइटमा फोटोसमेत राखेको सूचनामा ती व्यक्तिलाई कसैले देखे वा पहिचान गरेमा खबर गर्न भनिएको छ। उनको नाम भने खुलाइएको छैन।
ती व्यक्तिलाई पहिचान गरी सबैभन्दा पहिले खबर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट जारी भएको सूचनामा उल्लेख छ।
अख्तियारले सिसीक्यामेरा फुटेजबाट लिइएका शंकास्पद व्यक्तिका दुई तस्बिरसमेत समावेश गरी सूचना निकालेको हो।
उक्त व्यक्तिलाई देखेमा नजिकैको प्रहरी कार्यालय वा आयोगका फोन नम्बरहरूमा खबर गर्नसमेत भनिएको छ।
Shares
प्रतिक्रिया