ललिपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत ३० हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो।
घिमिरे र केसीले नगरपालिकाले दिएको सूचना र विज्ञापनको भुक्तानी रकम दिँदा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले बुधबार उनीहरुलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो। उनीहरूले लुलु मिडियाको भुक्तानीको रकम दिँदा कमिसन मागेको अख्तियारले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई घुसबापत लिएको रकमसहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइराललाले जानकारी दिए।
3
Shares
प्रतिक्रिया