निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा प्रदर्शन भएको छ। सर्वोच्च अदालतको आदेशबाट शुक्रबार पदमुक्त भएका लामिछानेको पक्षमा काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो।
पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले प्रदर्शन गर्दै लामिछानेको पक्षमा नारा लगाएका थिए।
पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद गएको छ।
लामिछानेले प्रधानमन्त्रीलाई राजीनामा समेत बुझाइसकेका छन् भने गृह मन्त्रालयको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले लिएका छन्।
84
Shares
प्रतिक्रिया