भारत भ्रमणमा रहेका रक्षामन्त्री हरि उप्रेती र भारतीय समकक्षी राजनाथ सिंहबीच भारतको बैंगलोरमा भेटवार्ता भएको छ।
भारतको बैंग्लोरमा भइरहेको ‘एयर एक्जिविसन’मा सहभागी हुने क्रममा रक्षामन्त्री उप्रेती र भारतीय समकक्षीबीच संवाद भएको हो।
‘एरो इण्डिया–२०२३’ मा सहभागी हुने क्रममा विभिन्न देशका रक्षा अधिकारीहरु बैंगलोर पुगेका छन्। समकक्षी सिंहको निमन्त्रणामा उप्रेती फागुन पाँच दिन लामो भ्रमणमा गएका हुन्।
बैंग्लौरस्थित सैनिक हवाई अड्डामा ‘एरो इण्डिया २०२३’ आयोजना गरेर भारतले हवाई प्रतिरक्षा क्षमता प्रदर्शन गरिरहेको छ।
सोमबारदेखि पाँच दिनसम्म चल्ने यस कार्यक्रममा अन्य मुलुकका हवाई प्रतिरक्षाका अधिकारी, रक्षा मन्त्रालयका कर्मचारी, उड्डयान सामग्री उत्पादन कम्पनी, प्रविधिविज्ञहरु सहभागी भएका छन्।
यस एक्स्पोमा प्रधानसेनापति प्रभुराम शर्मा गएका छैनन्। रक्षामन्त्री उप्रेतीसँग जंगीअड्डाले बलाधिकृत रथी सरोजप्रताप राणालाई पठाएको छ।
Shares
प्रतिक्रिया