ad ad

समाज


सर्लाहीमा १५ वर्षीया किशोरीले गरिन् बुवाको काजकिरिया

सर्लाहीमा १५ वर्षीया किशोरीले गरिन् बुवाको काजकिरिया

कर्मैयास्थित बागमती नदीमा बुबाको अन्त्येष्टिपछि चिता पखाल्दै रोशनी।


नेपालखबर
फागुन ३, २०७९ बुधबार २०:५६, सर्लाही

सर्लाहीको हरिवन नगरपालिका– १ गणेशडाँडा निवासी १५ वर्षीया रोशनी कार्कीले छोराले जस्तै कोरामा बसेर आफ्ना बाबुको काजकिरिया सुरु गरेकी छन्। 

फोक्सोको समस्याबाट पीडित उनका बुवा ३५ वर्षीय राकेश कार्कीको मंगलबार साँझ हरिवन–१ स्थित आफ्नै घरमा निधन भएको थियो।

आमा र बहिनीसँग भारतको सिक्कीममा बस्दै आएकी रोशनी बुवाको निधन भएको खबरपछि बुधबार दिउँसो आमा र बहिनीसँगै घर आइपुगेकी हुन्। 

श्रीमती र छोरीहरु घर आइपुगेपछि राकेशको शव बुधबार दिउँसो ३ बजेतिर अन्त्यष्टिका लागि सर्लाहीको बागमती नदीमा लगिएको थियो। 

कर्मैयास्थित बागमती नदीमा रोशनीले बुवाको पार्थिव शरीरमा दागबत्ति दिएपछि हिन्दू धर्म संस्कार अनुसार काजकिरिया सुरु गरेकी किशोरीका आफन्त शुकदेव कार्कीले जानकारी दिए।

‘कार्की दम्पतीका छोरा छैनन्, दुई छोरीमात्रै छन्,’ उनले भने, ‘आफन्त खोजेर मृतकको काजकिरिया गर्नुभन्दा छोरीले म छोराले जस्तै गरी बुवाको काजकिरिया गर्छु भन्ने इच्छा व्यक्त गरेपछि उनैलाई काममा राखिएको हो।’ 

छोरीले आफ्ना बुवाको काजकिरिया गर्छुभन्दा पुरेतले पनि सहमति जनाएका उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .