आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाले नियन्त्रणमा लिएका दुई कर्णेललाई सर्वोच्च अदालतले उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई तीनदिन भित्रमा सर्वोच्चमा उपस्थित गराउन बुधबार आदेश दिएको हो।
सर्वोच्चले नेपाली सेनासँग लिखित जवाफ समेत माग गरेको छ। आर्थिक अनियमिततामा जोडिएको भन्दै नेपाली सेनाले सैनिक प्रहरीको हिरासतमा राखेको थियो।
दुवैजनाको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले बुधबार आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन सेनालाई आदेश दिएको हो।
उपरथी शाही प्रकरण : भ्रष्टाचार आरोपमा थप दुईजना कर्णेल पक्राउ
नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीमाथि आर्थिक अनियमितताको आरोपमा अनुसन्धान गर्न कोर्टअफ इन्क्वेरी गठन भएको थियो।
अनुसन्धानका क्रममा आर्थिक अनियकितता भएको पाइएको र यी दुई कर्णेलको पनि संलग्नता देखिएको निस्कर्षसहित प्रतिवेदन पेश भएको थियो।
उक्त प्रतिवेदनका आधारमा कोर्टमार्सल (सैनिक अदालत) गठन गरेर अदालती प्रक्रिया अगाडी बढाइएको छ। यस्तै संलग्न रहेका भनिएका दुई कर्णेललाई पनि नियन्त्रणमा राखिएको छ।
उपरथी शाही भने यसअघिदेखि नै हिरासतमा छन्। सर्वोच्चकै आदेश अनुसार सैनिक मुख्यालय फर्किएका उनलाई सेनाले फर्किएकै दिन पक्राउ गरेर थुनामा राखेको छ।
Shares
प्रतिक्रिया