कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसमान राख्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए। 'हामीले कार्यपालिकाबाट निर्णय गरेर कार्यान्वयनका लागि पठाइसकेका छौं,' उनले भने, 'यो सहरलाई सुन्दर र व्यवस्थित बनाउने सबैको दायित्व हो।'
महेन्द्रनगर बजार क्षेत्रका पैदलमार्गमा व्यवसायीले सामान राखेर ओगट्न थालेपछि नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको हो।
बजार क्षेत्रका सडक पेटीमा सामान नराख्न पटकपटक आग्रह गरे पनि व्यवसायीले नमानेपछि जरिवाना गर्ने निर्णय गरिएको हो।
प्रतिक्रिया