अमेरिकामा रहेका एनआरएनए महिला अभियन्ताको आकस्मिक बैठकले नेपालबाट बुबा आइपुगेपछि मात्रै कृष्ण लामिछानेको दाहसंस्कार गर्न आग्रह गरेको छ।
अमेरिकाको टेक्सास राज्य निवासी एनआरएनए अभियन्ता कृष्ण लामिछानेले केही दिनअघि ‘स्वयम देहत्याग गरेको’ भन्दै महिला अभियन्ताले ‘अन्तिम पटक छोराको अनुहार हेर्ने बुबाको इच्छा रहेको हुँदा बुवाको इच्छालाई मानवीय समवेदनाको आधारमा सम्मान गर्न’ आग्रह गरेको हो।
केही दिनअघि निवासमै मृत भेटिएका भनिएका लामिछानेको घटनाले अमेरिकामा रहेका नेपालीलाई निकै स्तब्ध बनाएको छ। उनको मृत्युको कारण घरेलु हिंसा पनि रहेको दाबी गर्दै श्रीमतीसँग भनाभन भएका अडियोहरू सार्वजनिक भएका छन्।
नेपाल गोरखा जिल्लाका लामिछानेका बाबु रामप्रसाद लामिछाने आइतबार पासपोर्ट बनाएर अमेरिका जानका लागि भिसा लगाउने प्रक्रियामा रहेको जनाइएको छ। बाबुले ‘आफु अमेरिका नआउन्जेलसम्म आफ्नो छोराको दाहसंस्कार नगरिदिन’ हारगुहार गर्दै टेक्सासका नेपाली संघसंस्थालाई पत्र पठाएका छन्।
रामप्रसाद लामिछानेले केही वर्ष पहिले टेक्सासमै भएको मोटर दुर्घटनामा माइलो छोरा गुमाएका थिए। अहिले त्यहीँ जेठो छोरो पनि गुमाउनु पर्दा उनी निकै मर्महात अवस्थामा छन्।
यस्तो छ एनआरएनए महिला अभियन्ताको भनाइः
एन आर एन ए महिला अभियानताहरुको संयुक्त आपिल !!
(घटना घटिसक्यो भन्दैमा नजिर बन्न नदिऊॅ:)
आदरणीय नेपाली अमेरिकी जनसमुदायहरु,
आज मिती 03/24/2023 मा एन .आर एन .ए .महिला अभियन्ताहरूको आकस्मिक बैठक बस्यो ।उक्त बैठकले अमेरिकाको टेक्सास राज्य निवासी कृष्ण लामिछानेज्यूले स्वयम देहत्याग गरेको दुखद खबर प्राप्त भएको र उहॅाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिई अन्तिम पटक छोराको अनुहार हेर्ने बुबाको इच्छा रहेको हॅुदा बुवाको इच्छालाई मानवूय सम्बेदनाको आधारमा सम्मान गरी मृतकका बुवा नेपालवाट आउन्जेलसम्मके निम्ति पार्थिव शरीर नजलाई कन रोकिदिनु हुन अमेरिकामा सक्रिय सामाजिक अभियनिताको रूपमा काम गर्ने महिलाहरूले बुलन्द आवाज उठाएको हॅदा सेबी बमोजिक गरिदिनु हुन सम्वन्धित ब्यक्ती र निकायहरूमा अनुरोध गरिन्छ।
अमेरिकाको टेक्सास राज्यमा बसोबास गरेका गैरआवासिय नेपाली संघ, अमेरिकाका राष्ट्रीय समिति(२१-२३) का अध्यक्ष पदका उपबिजेता कृष्ण लामिछानेको केहिदिन अगाड़ी अकस्मात ईच्छा मरणको दुःखद घटनामा हामी स्तब्ध भएका छौ। उक्त घटनाले अमेरिकामा बसेका नेपाली मात्र नभई बिश्वभर छरिएर रहेका नेपालीहरुमाझ सनसनिपुर्ण भईरहेको छ। हुन त एस्ता घटनाहरु हरेक दिन घटि नै रहेका हुन्छन तर यो घटनाको बस्तुस्थिती र परिस्थिति अलिक फरक ढंगको देखिएको छ।टेक्सास नेपाली समाजका पुर्वअध्यक्ष तथा एक असल सामाजिक अभियन्ताले यस्तो निर्णय किन लिए वा लिन बाध्यभए त्यो भबिस्यलाई नै छोडिदिउँ।केहि दिन अगाडीमात्र स्वईच्छाले मृत्युवरण गरेका स्वर्गीय कृष्ण लामिछानेको पार्थिव शरिरलाई उहॉका बृद्धअबस्थाका पिताजिले अमेरिकाका नेपाली समाजका संधसस्थाहरुलाई शम्वोधन गरि ऑफु अमेरिकामा नआउन्जेल सम्म आफ्नो छोरालाई सतिगति नगरिदिन हारगुहारगरी गरेको हार्दिक अनुरोधलाई हामिले सम्मान गर्दै उक्त कार्य केहिदिनको लागी रोकिनु पर्छ अन्यथा आफ्नो सहोदर मृतक छोराको अनुहार देख्न नपाउनु प्राकृतिक न्याय र मानवीयता नै मरेर जानु हो र यो घोर अन्याय हो। जस्को गम्भिर धक्का टेक्सासबासि अभियन्ता वा हामी सबैकको इतिहासमा पर्ने छ। कृष्णजी को बुबाले केहि बर्ष अगाडीमात्र माईलो छोराको टेक्सासमा नै मोटर दुर्घटनामा छोराको गुमाएको घाउ नसुक्दै फेरी अर्कों जेठो छोरो गुमाउदाको पिडाबोध उहॉलाई मात्रै थाहा होला। आफ्नो बृद्ध अवस्थामा परेको यो बज्रपातमा हामिले गर्ने भनेको कम से कम आफ्नो मृतक जेठो छोराको अनुहार र उहॉकै हातले दागबत्ति दिनेकामको बातावरण बनाईदिने मात्र हो यो पबित्रकाममा कोहि नचुकौ र उहाको उपस्थिति बिना दाहासंसका रोकेौ ।
उपस्थिती :
1.दिक्षा बस्नेत: उपाध्यक्ष एन आर एन अमेरिका
2. राधा पौडेल : निबर्तमान सल्लहाकार एब्ं , पुर्व उपाध्यक्ष एन आर अमेरिका
3. सुनिता कन्डेल : सचिव एन आर एन अमेरिका
4. शान्ति पौड्यल : बोर्ड सदस्य एन आर एन अमेरिका
5. छत्र गुरुङ : सल्लाहकार एन एआर एन अमेरिका
6. बिन्दु साप्कोटा : एन आर एन ए ICC सदस्य
7. गिता बजगाइं : महिला सम्योजक एन आर एन क्यालिफोर्निया च्याप्टर
8.ज्योती बराल : अध्यक्ष एन आर एन आयोवा च्याप्टर
9.श्रद्दा अधिकारी : एन आर एन अभियानता
10 लक्ष्मी थापा : महिला सम्योजक एन आर एन न्योर्क च्याप्टर
11. हेमा पनेरु : सल्लहाकार एन आर अमेरिका महिला समिती
12. इन्दिरा त्रीपाठी : पुर्व महिला सम्योजक एन आर अमेरिका
13. साबु गदाल कार्की : महिला समिती एन आर एन अमेरिका
14 . मनोहरा थापा बोगडी : महिला समिती एन आर एन अमेरिका
15 रिचा शर्मा : एन आर एन महिला समिती
16. सबु साप्कोटा : सन्चारकर्मि, एब्ं एन आर एन अभियान्ता
17. शलोनी भन्डारी : एन आर एन बोस्टन च्याप्टर
Shares
प्रतिक्रिया