केही दिनदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडित अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेका छन्।
न्याय खोज्दै महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आइपुगेका उनीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्न बोलाएपछि बालुवाटार गएका हुन्।
मिटरब्याजीले उठीबास लगाएपछि महोत्तरीको बर्दिबासबाट पैदलयात्रा गरी काठमाडौँ आउनेमा काखे बच्चा च्यापेका आमाहरू पनि छन्।
यसबीच सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ भने आन्दोलनरत मिटरब्याज पीडितहरूसँग वार्तासमेत गरिसकेको छ। वार्ता सकारात्मक भएको बताइएको छ।
78
Shares
प्रतिक्रिया