पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने भएका छन्।
राष्ट्रपतिको सचिवालयका सदस्य खिला कार्कीले राष्ट्रपति पौडेल आजै अस्पतालबाट डिस्चार्ज हुने जानकारी दिए।
‘त्यस्तो कुनै ठूलो समस्या होइन, पेटमा सामान्य समस्या देखिएको हो’, कार्कीले आइतबार बिहान भने, ‘उहाँ आजै डिस्चार्ज हुनुहुनेछ।’
पेटमा समस्या देखिएपछि राष्ट्रपति पाैडेललाई शनिबार अपराह्न ४ बजे शिक्षण अस्पताल पुर्याइएको थियो।
48
Shares
प्रतिक्रिया