ad ad

समाज


सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सफ्टवेयर किनेर प्रयोग नगरेको आरोप
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०७९ बुधबार १४:२७, काठमाडौँ

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ।

कार्यालयका लागि भन्दै अनावश्यक सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान गरेको अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध एक लाख ९९ हजार ८ सय ९७ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा चलाएको हो। 

आर्थिक वर्ष २०७६/०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीको सफ्टवेयर खरिद तथा जडान कार्यका लागि सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवले मिलेर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

उनीहरुले सप्टवेयर खरिदका लागि १ लाख ९९ हजार ८९७ बजेट स्वीकृत गराई सफ्टवेयर खरिद गरेका थिए। तर त्यो सफ्टवेयर प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको आरोप उनीहरुमाथि लागेको छ। 

उनीहरु तीनैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा एक लाख ९९ हजार ८९७ बिगो कायम गरी मुद्दा चलाइएको हो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम बमोजिम उनीहरुविरुद्ध बुधबार विषेश अदालतमा आरोपपत्र दर्ता गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .