नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको १० दलीय गठबन्धन सरकारले सीमा समस्या समाधान गर्ने बताएको छ।
गठबन्धनले बिहीबार साझा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेको हो।
तर सरकारले साझा कार्यक्रममा भारतको नाम नलिई नेपालको पश्चिममा रहेको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने भनेको छ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्रको ठूलो नेपाली भूगोल भारतले अतिक्रमण गरेको छ। उक्त अतिक्रमित भूभागबारे भारततर्फ कुनै संकेत नगरी सीमा समस्या हल गर्ने दाबी सरकारले गरेको छ।
'लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कुटनीतिक माध्यमबाट समाधान गर्ने', सरकारको कार्यक्रममा भनिएको छ, 'सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बीओपी) बृद्धि गर्ने।'
Shares
प्रतिक्रिया