ad ad

समाज


रवि लामिछानेका ड्राइभर तीनतले घरको छतबाट खसेर गम्भीर घाइते

रवि लामिछानेका ड्राइभर तीनतले घरको छतबाट खसेर गम्भीर घाइते

नेपालखबर
बैशाख ४, २०८० सोमबार ८:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का उम्मेदवार रवि लामिछानेका गाडी चालक तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका छन्।

सोमबार बिहान करिब ४ बजेदभरतपुर महानगरपालिका-११ स्थित लामिछाने बसेको घरको छतबाट खसेका लामिछानेका सवारी चालक दिलबहादुर थापा गम्भीर घाइते भएका हुन्।

छतबाट खस्दा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय शम्भु भन्ने दिलबहादुरको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताए।


गम्भीर घाइते भएको अवस्थामा थापालाई पुरानो मेडिकल कलेजमा भर्ना गरेर उपचार भइरहेको प्रवक्ता पण्डितले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थापा रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै छतमा सुतेका खुलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .