ad ad

समाज


अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पत्रकार चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पत्रकार चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई

नेपालखबर
बैशाख ४, २०८० सोमबार १३:४८, काठमाडौँ

गैरआवासीय नेपाली संघ अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको छ।

आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उपन्यासकार आचार्यलाई पुरस्कार प्रदान गरेका हुन्। यो पुरस्कारमा २ लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।

धादिङको रुबी उपत्यकामा जन्मे–हुर्केकी एक तामाङ युवती लागूपदार्थ ओसार्ने भरियाको रुपमा प्रयोग भएकी र यी युवती अहिले चीनको कारागारमा थुनिएको कथानकमा स्वैरकल्पना मिसाएर पत्रकार आचार्यले लेखेको ‘रुइबा’ले यसपटक अरनिको अन्तर्राष्ट्रय पुरस्कार पाएको हो।

समारोहमा राष्ट्रपति पौडेलले नेपालका विभूति अरनिकोको नाममा स्थापित यो पुरस्कारले नेपाली कला–संस्कृति र सभ्यताको गौरव बढाएको बताए। लेखक आचार्यले आफूले ७ वर्ष लगाएर लेखेको उपन्यास ‘रुइबा’ले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पाएकोमा कृतिको सही मूल्यांकन भएको बताए।

समारोहमा भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापाले एनआरएनले देशमा लगानी र आर्थिक अवसरमात्रै भित्र्याउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषा–साहित्यमा उत्प्रेरकको कामसमेत गर्ने धारणा राखेका थिए।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालकै पहिलो गैरआवासीय नेपाली अरनिकोको नाममा राखिएको यो पुरस्कारले नेपाल–नेपालीको पहिचानलाई थप बढाएको बताए। कार्यक्रममा एनआरएनए अर्का अध्यक्ष कुल आचार्यले सम्मानित व्यक्तित्वलाई बधाई दिँदै सम्माननीय राष्ट्रपतिप्रति आभार प्रकट गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .