सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि हिँडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको छ।
फ्लाई दुबईको एफजेड ५७६विमानमा चरा ठोक्किएपछि आगो देखिएको थियो।
विमानस्थलको आकाश छाड्नेबित्तिकै आगो देखिएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो।
फ्लाई दुबईका प्रवक्ताका अनुसार काठमाडौंबाट उड्ने क्रममा चरा ठोक्किएको थियो। चरो ठोक्किएपछि जहाजबाट बम पड्केको जस्तो आवाज आएको थियो।
नियमानुसार उक्त जहाज काठमाडौंबाट दुबईतर्फ गएको छ। उक्त जहाज स्थानीय समयानुसार मध्यराति १२ बजेर १४ मिनेटमा दुबई इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्नेछ।
A flydubai spokesperson: flydubai flight FZ 576 from Kathmandu Airport (KTM) to Dubai International (DXB) experienced a bird strike during takeoff from Kathmandu.
— Dubai Media Office (@DXBMediaOffice) April 24, 2023
After following standard procedure the flight will continue as normal to Dubai and is scheduled to land in DXB at…
Shares
प्रतिक्रिया