राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा निधन भएको हो।
ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रवीण पोखरेलले सिन्धुपाल्चोक घर भएका थापाको निधन भएको जानकारी मेडिसिटी अस्पतालले दिएको बताएका छन्।
उनी गत वैशाख ४ गते बिहान पौने ४ बजे शंकास्पद रूपमा चितवनस्थित अढाईतले घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।
चितवनको पुरानो मेडिकल कलेजमा टाउकाको शल्यक्रियापछि थापालाई थप उपचारका लागि गत वैशाख ५ गते ललितपुरस्थित मेडिसिटी ल्याइएको थियो।
तर त्यस बेलादेखि नै बेहोस उनी अहिले कोमामा थिए। भेन्टिलेटरमा उपचारकै क्रममा उनको मंगलबार निधन भएको हो।
660
Shares
प्रतिक्रिया