ad ad

समाज


कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन– जनताको स्वास्थ्य ख्याल गरेर काम गर्नू

कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन– जनताको स्वास्थ्य ख्याल गरेर काम गर्नू

नेपालखबर
बैशाख २४, २०८० आइतबार १९:५६, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनताको स्वास्थ्यलाई ख्याल गरेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालय मातहतका ५ वटै महाशाखाका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री बस्नेतले अन्य मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नीति योजना बनाउन पर्नेमा जोड दिएका हुन। 

विपन्न जनताले पनि स्वास्थ्य सेवा पाउने ज्ञारेन्टीसहित बजेट विनियोजन गर्न समेत उनले कर्मचारीहरूलाई निर्देशन दिएका छन्। 

चिकित्सक र कर्मचारीले सफलताका साथ जिम्मेवारी ग्रहण गर्दामात्र जनताले सहज उपचार पाउने र मन्त्री पनि सोही कुराबाट सफल हुने बस्नेतले बताए। 

सरकारी अस्पतालमा कार्यरत चिकित्सक अब्बल भए पनि बिरामीको चाप बढी हुने भएको स्मरण गर्दै उनले चिकित्सकहरुका समस्या पनि मन्त्रालयले सुन्ने दाबी गरे। 

निजी क्लिनिकमा काम गर्ने चिकित्सकहरूले बिरामी जाँच गरेवापतको शुल्क बढाउन लागेको आफूले सुनेको बताउँदै उनलृ बिरामी र चिकित्सक दुवै पक्षलाई मर्का नपर्नेगरी शुल्क तोक्न पहल गर्ने बताए। 

बस्नेतले मन्त्रालयको कामकाजमा ढिलाई नहोस भन्नका लागि आफूले आगन्तुकसँग भेटघाटको समय हरेक दिन साँझ ४ बजेपछि मात्र राख्न लागेको पनि बताए।

‘अन्य भेटघाटले काममा बाधा नपरोस भन्ने हेतुले मैले आगन्तक भेटने समय साँझ ४ बजे पछि राख्दैछु,’ उनले भने।

सूर्तिजन्य पदार्थमा दरको दायरा बढाएर भए पनि बिपन्न जनतालाई स्वास्थ्य उपचार दिनू पर्नेमा उनले जोड दिए। उनले भने, ‘सूर्तिजन्य पदार्थमा कर बढाऔ र त्यसबाट संकलन भएको रकम वीर अस्पताल लगायतका विपन्नको उपचार हुने अस्पताललाई अनूदान दिऔं।’ 

मन्त्री बस्नेतले मन्त्रालयमा गर्न सकिने सुधारका कामका बिषयमा आफूलाई लिखित रुपमा सुझाउ दिन कर्मचारीलाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .