नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा करोडौं लिएर ठगी गरेको आरोप लागेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा उपस्थित गराइएको छ।
आइतवार राति बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई सोमबार दिउँसो जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।
अदालतमा उपस्थित गराएर तीन दिन म्याद थपका क्रममा केही बेर बहस भएको छ।
पक्ष विपक्षको बहसका पक्राउ परेका रायमाझीले पनि न्यायाधीश केशव अधिकारीको इजलासमा उपस्थित भएर आफ्ना कुरा राखेका थिए।
अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीले म्याद थपका क्रममा आफू हर्नियाको बिरामी भन्दै केही सहुलियत न्यायाधीशसँग खोजेका थिए।
उनले आफू बिरामी रहेको भन्दै त्यसअनुसार अस्पतालमा बस्ने गरी सुविधा दिनुपर्ने आशय उनले न्यायाधीशसँग राखेका थिए।
तर बहसका क्रममा सरकारी वकिल लक्षमण घिमिरेले आफू पनि हर्नियाकै बिरामी रहेको भन्दै काममा कुनै समस्या नरहेको जवाफ रायमाझीलाई दिए।
‘म पनि त्यस (हर्निया) कै बिरामी हो। म अहिले पनि म बेल्ट बाँधेर हिँडिरहेको छु, २४ घण्टा खटिरहेको छु’, उनले बहसका क्रमम भने।
टोपबहादुरले बिरामी परेकाले त्यसअनुसारको सुविधा खोजेपछि इजलासबाट न्यायाधीश केवश अधिकारीले आफू पनि त्यसकै बिरामी रहेको जवाफ उनलाई फर्काए।
‘म आफैं पनि त्यही बिरामी हुँ,’ उनले आफू सामान्य रहेको आशयसहित टोपबहादुरलाई जवाफ फर्काउँदै भने।
त्यसक्रममा टोपबहादुरको तर्फबाट बहस गर्दै एकजना अधिवक्ताले अलिकति बिरामी भएकाले हेरिदिनुपर्ने धारणा राखेका थिए। ‘बिरामी भएकाले केही समसया हुन सक्छ, साह्रोगाह्रो हुन सक्छ’, उनले इजलासमा भनेका थिए।
टोपबहादुर आइतबार बूढानीलकण्ठबाट पक्राउ पर्दा आइतवार राति मदिरा पिएको अवस्थामा भेटिएका थिए।
तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा पनि उनले मदिरा पिएको पुष्टि भएको थियो। टोपबहादुर स्वयमले पनि आफूले एक गिलास बियर पिएको बताएका थिए।
Shares
प्रतिक्रिया