अस्ट्रेलियन पर्वतारोही जेसन बर्नार्ड केन्सनको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको छ।
४० वर्षीय केन्सनको शुक्रबार मृत्यु भएको हो। यस वर्ष सगरमाथा आरोहणका क्रममा मृत्यु हुने उनी १० औँ आरोही हुन्।
केन्सन सन् २००६ मा कार दुर्घटना भएपछि लामो समय ओछ्यानमै थन्किएका थिए। स्वास्थ्यमा सुधार हुँदै गएपछि केही वर्षयता उनी ट्रेकको योजनामा थिए। यसै क्रममा उनी नेपाल आएका थिए।
उनले पछिल्लो समय क्याम्प २ मा पुगेपछि अघिल्लो साता मात्रै सगरमाथा क्षेत्रबाट इन्स्टाग्राममा प्रोफाइल बदलेका थिए।
केन्सनको मृत्युपछि नेपालस्थित अस्ट्रेलियन दूतावासले केन्सनको मृत्युप्रति समवेदना जनाउँदै उनको परिवारलाई सहयोग गर्ने बताएको छ।
75
Shares
प्रतिक्रिया